Advertisement
Advertisement
Advertisement

बाढी प्रभावितलाई राप्ती लाइफ केयर अस्पतालको डेढ लाख बढी सहयोग

Advertisement

दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । अस्पतालले प्रधानमन्त्री दैवी राहत कोषमा १ लाख ५१ हजार १११ रुपैँया सहयोग गरेको हो ।

अस्पतालले रसुवा बाढीबाट ठुलो जनधनको क्षति भएकोप्रति दुख व्यक्त समेत गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले उपचार गर्ने अस्पताल मात्र नभई आपतविपतमा भरोसाको सारथि समेत रहेको बताउनुभयो ।

जाजरकोट भूकम्पदेखि कोरोना महामारीसम्म अस्पतालले निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । कोरोना समयमा ६ महिनासम्म नगरपालिकालाई निःशुल्क सेवा प्रदान गरेको थियो ।

२० वर्षदेखि पश्चिम क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य सेवा दिँदै आएको राप्ती लाइफ केयर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा पर्ने विपदमा सहयोग गरिरहेको अध्यक्ष रिजालले बताउनुभयो ।

नागरिकको स्वास्थ्य सुरक्षासँगै सामाजिक दायित्व निर्वाहमा प्रतिबद्ध अस्पतालले आगामी दिनमा पनि यस्ता मानवीय र आपतकालीन सहयोगलाई निरन्तरता दिने जनाएको छ ।अस्पतालका अध्यक्ष रिजालले यसअघि पनि व्यक्तिगतरुपमा २५ हजार रुपैया सहयोग गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *